काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै उनका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन्।
दुर्गाका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए। उक्त रिट आइतबार दर्ता भएको हो।
आइतबारै उक्त निवेदनमाथि सुनुवाइ हुनेछ। न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि मंसिर ४ गते उनी पक्राउ परेका थिए।
प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात कीर्तेलगायतको आरोपमा अनुसन्धान गरिरहेको छ।


