काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन्। छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने तय भएको छ। चीनसँग यो भ्रमणमा बिआरआइसहित पूर्वसहमती र सम्झौताका विषयलाई कार्यान्वयन गर्नेमा नेपाल जोड रहने छ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन्। तर अहिलेसम्म औपचारिकरूपमा मिति भने सार्वजनिक भएको छैन।


