२०८३ कार्तिक २६ गते बुधबार

मूल्य घटेपछि सुन पसलमा बढ्यो भिड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ११
gold (1)

काठमाडौँ-  सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको संख्या बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउँछन्।

‘बजार भाउ घटेपछि त्यसको प्रभाव स्वाभाविक रूपमा मागमा देखिन्छ। सस्तो भएपछि मान्छेले किन्न खोज्छन्,’ उनले भने। सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय कायम भएको थियो।

त्यस्तै, आज सुन प्रतितोला दुई हजार ६ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ।

उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशंकाका बिच सरकारले भन्सार दर घटाएको हो।

हिजो र आज दुई दिन काठमाडौंको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरूमा ग्राहकको भिड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ।

सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भिड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउँछन्।

‘हरेक पसलमा ग्राहकको भिड देखिए भन्ने जानकारी आएको छ। तर, कारोबारको यकिन तथ्यांक उपलब्ध छैन। महासंघले कारोबारको तथ्यांकसमेत मागेको थियो। तर, व्यापारीले दिँदैनन्,’ उनले भने।

सुन आयातको अधिकार वाणिज्य बैंकहरूले पाएका छन्। तर, बजारमा माग नहुँदा यसअघि बैंकहरूले सुन आयात नगरेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन्। ‘बैंकहरूले आयात गरेका छैनन्। भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ,’ उनले भने।

नेपालमा सुन आपूर्ति आयात तथा बिक्री–वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ। सुनको बजार मूल्य निर्धारण भने महासंघमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ।

उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन्। राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ।

जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ। राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँछ। बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन्।

बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन्। निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरूप बिक्री गरेको सुनको मूल्यको ०.२५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ।

बैंकहरूले निर्यातकर्तालाई सुनका गरगहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन्। बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणनखण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ। वाणिज्य बैंकहरूले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ।

भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार ९४७ किलोग्राम सुन आयात भएको छ। चालू आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजारबराबरको १३३ किलोग्राम सुन आयात भएको छ।

जसबाट राज्यले रु. २८ करोड ५५ लाख सात हजारबराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ। गत आर्थिक वर्ष ०८०\८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजारबराबरका दुई हजार ६५२ किलोग्राम सुन आयात भएको विभागको तथ्यांकमा देखिन्छ। जसबाट सरकारले तीन अर्ब ६४ करोड ८३ लाखबराबर भन्सार राजस्व प्राप्त गरेको थियो।

अघिल्लो आर्थिक वर्ष ०७९\८० मा रु. २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजारबराबरको दुई हजार ९१७ किलोग्राम सुन आयात भएको देखिन्छ। जसबाट राज्यले दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजारबराबर राजस्व प्राप्त गरेको थियो। आर्थिक वर्ष ०७८\८९ मा ३५ अर्ब ६१ करोड ९६ लाखबराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो।

सो वर्ष सुन आयातबाट सरकारले रु. चार अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व संकलन गरेको थियो। आर्थिक वर्ष ०७७\७८ मा तीन हजार ९२५ किलोग्राम सुन आयात भएको थियो। सो आर्थिक वर्षमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजारबराबरको सुन आयात हुँदा सरकारले रु. तीन अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो।

आर्थिक वर्ष ०७६\७७ मा १३ अर्ब ४६ करोड पाँच लाखबराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट एक अर्ब ५० करोड ७५ लाखबराबर राजस्व संकलन भएको थियो। -रासस

प्रकाशित: २०८१ मङ्सिर ११ गते मङ्गलबार ०४:५७
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना