काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरू एक्सन स्पोर्ट्सको युट्युबमा लाइभ प्रसारण हेर्न सकिने भएको छ।
डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिस मिडिया नेटवर्कबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कबाट प्रसारण हुनेछन्।
मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्ने छन्।


