हेटौँडा- मकवानपुरको हेटौँडामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर सडकमै पल्टिँदा आवतजावत ठप्प भएको हो।
पल्टिएको कन्टेनरले पूरै ढाकेको छ। बाटो अवरुद्ध हुँदा राजमार्गमा जाम भएको छ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको कन्टेनर पल्टिँदा मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।
उनको दाहिने हातमा चोट लागेको छ। उनलाई हेटौंडा अस्पताल पठाइएको छ।
कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
