२०८३ साउन १३ गते बुधबार

प्राकृतिक विपदले रोजगारी खोसेकालाई न राहत न क्षतिपूर्ति

 |  रवीन्द्र काफ्ले
Sanket

रवीन्द्र काफ्ले

काठमाडौँ, मङ्सिर १४
chambas pahiro
फाइल तस्बिर

पाँचथरः प्राकृतिक विपद्मा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका छन्।

विगत तीन वर्षदेखि निरन्तर बाढीपहिराको सामना गर्दै आएका यहाँका नागरिकले खेती लगाइएको जमिन, बालीनाली, पशुचौपाया तथा पशुपक्षी गुमाउनुपरेको छ।

जीविकोपार्जनका माध्यम नै बाढीपहिराले नष्ट गरेपछि समस्यामा परेका सर्वसाधारण सरकारले सहयोग गर्ने अपेक्षामा बसिरहेका छन्।

याङवरक गाउँपालिका–१ खोलाघारीमा जन्मे हुर्केका पञ्चध्वज राईको परिवारको बसोबास भने नजिकैको च्याङथापू बजारमा छ। खोलाघारीका दुई स्थानमा सात रोपनी जमिनमा रहेको अलैँची बगान राईको परिवार चलाउने आधार थियो। गत वर्ष अलैँचीमा रोग कीराको खासै समस्या पनि थिएन।

अलैँचीको मूल्य उकालो लाग्दै थियो। तर बगान नजिकै रहेको मेवाखोलामा विसं २०८० असार २ गते आएको बाढीले राईको अलैँची बगान बगरमा परिणत गरेको छ। अलैँची बगानमा ठुल्ठूला ढुङ्गामुढा थुप्रिएका छन्

‘२२ मनसम्म अलैँची फल्थ्यो, बाढीले खोलागढतिर भएका सबै अलैँची बारी नष्ट भयो। अहिले ढुङ्गा थुप्रिएका छन्। स्थानीय सरकारसँग माग राख्यौँ। गाउँपालिकाले खोला नियन्त्रणका लागि जाली दिने कुरा थियो। त्यो पनि अहिलेसम्म पाएका छैनौँ,’ राईले भने, ‘अलैँची हामीले फलाए पनि देश बाहिर निर्यात हुँदा राज्यले कर त उठाइरहेकै थियो। सरकारले केही न केही सहयोग गर्नुपर्‍यो। हाम्रो आम्दानीको बाटो नै सकियो। अब के खाएर बाँच्ने ?’

यस वर्ष अलैँचीको भाउले प्रतिमन (४० किलो) मा रु एक लाख नाघेको छ। पञ्चध्वज खण्डहर बनेको अलैँची बगानमै भेटिनुहुन्छ। च्याङथापूमा डेराजस्तो बसोबास मात्रै भएको र आम्दानीको सबै स्रोत अलैँची बगान भएको राईको भनाइ छ।

‘अहिले यस्तो राम्रो भाउ आएको छ, तर गत वर्षदेखि हाम्रो आम्दानी हराएको छ,’ उनले भने, ‘जग्गा र फलेको अलैँची सबै गयो।’

खोलाघारीकै राजेश राईको खेतबारी र अलैँची बगान पनि बाढीले बगायो। मुख्य रूपमा अलैँचीबाट हुने आम्दानीले परिवार चलाउन पुगेको थियो।

‘मेरो खेतबारी र अलैँची बगानमा ढुङ्गामात्र थुप्रिएका छन्। कमाइ गर्ने माध्यम नै बन्द भएपछि कसरी परिवार चलाउने ? नानीहरू कसरी पढाउने ?,’ राईले भने।

जिल्लाको फालेलुङ गाउँपालिका–३ शितलपाटीकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन्। गत असोज १२ गते पहिरो झरेर हेवाखोला नजिकै रहेको लिम्बूको सात रोपनी खेत बगाएर लग्यो।

लहलह फलेको धान खेत पहिरोमा परिणत भएपछि नरमायाको मन सम्हालिएको छैन।

‘हामी त धेरै पीडित भयौँ, राहत पाइएला कि भनेर वडा कार्यालयमा निवेदन दिएका छौँ,’ लिम्बूले भने, ‘पहिरोमा घर त जोगियो। गरी खाने खेत बगाएर लग्यो। अब के खाएर बाँच्ने ?’

सरकारले बाढीपहिरोलगायत प्रकोपमा मृत्यु वा बेपत्ता भएका व्यक्ति तथा घरबारविहीन भएका परिवारलाई राहत रकम दिने गरेको छ। तर आंशिक क्षति पुगेका, जीविकोपार्जनको माध्यम खोसिएका सर्वसाधारणले कुनै प्रकारको राहत वा क्षतिपूर्ति पाउन सकेका छैनन्।

याङवरक गाउँपालिका–१ च्याङथापूका वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार गत वर्षको असार २ गते आएको बाढीपहिराले भौतिक संरचना, पशुचौपाया, कृषिलगायत क्षेत्रमा क्षति पुर्याएको भनेर झण्डै दुई सयवटा निवेदन वडा कार्यालयमा दर्ता भएका थिए। वडा कार्यालयले अभिलेख राखेर निवेदन गाउँपालिकाको कार्यालयमा पठायो।

गाउँ कार्यपालिकाको कार्यालयले क्षतिको विवरण स्थलगत रूपमै सङ्कलन पनि गरेको थियो।

‘तर यत्तिका समय बितिसक्दा कहीँबाट पनि राहत आएको छैन। जनताले हामीलाई राहत, क्षतिपूर्ति खोइ भन्छन्,’ वडाध्यक्ष राईले भने, ‘हामीले के दिने ? हामीले भन्ने पनि त्यही गाउँपालिकामा मात्रै हो।’

बाख्रा फार्म सञ्चालन गरेका खोलाघारीकै कृष्ण बेघाको फार्म बाढीले बगाए पनि कुनै राहत वा क्षतिपूर्ति प्राप्त नहुँदा बेघाको परिवार गाउँ छाडेर हिँडेको वडाध्यक्ष राई बताउँछन्।

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बाढीपहिराले किसानको मुख्य आम्दानीका स्रोतमै क्षति पुर्‍याउँदा जीविकोपार्जनमा समस्या पर्ने बताउँछन्।

‘गाउँलेको आम्दानीको बाटो परम्परागत खेती, अलैँचीलगायत नगदेबाली र पशुचौपाया हुन्। तर बाढीपहिराले यी माध्यममा नै धेरै नोक्सानी पुर्‍याएको  छ,’ अध्यक्ष थाम्सुहाङले भने, ‘यस वर्ष मात्र बाढीपहिराले पूर्ण क्षति ६९ तथा आंशिक क्षति दुई सय ९४ घररिवारले निवेदन दिनुभएको छ। गाउँपालिका मात्रैले राहत दिनसक्ने बजेट छैन।’

बर्सेनि बाढीपहिराले आयआर्जनको माध्यम गुमाउनु परेपछि यहाँका कयौँ सर्वसाधारणले गाउँ छाड्ने गरेका छन्।

गत वर्ष असार २ गते आएको बाढीले क्षति पुर्‍याएपछि याङवरक गाउँपालिका–१ खोलाघारीका ११ घरपरिवारले गाउँ छाडेका छन्भने यस वर्ष सोही दिन आएको पहिराले क्षति पुर्‍याएपछि याङवरक–३ ओयामका आधा दर्जन परिवार बसाइँ सरेको वडाध्यक्ष विमल राईको भनाइ छ।

फालेलुङ गाउँपालिका–३ का केही परिवार पहिराले क्षति पुर्‍यापछि गाउँ छाडेर हिँडेको गाउँपालिका अध्यक्ष थाम्सुहाङ बताउँछन्।

प्रकाशित: २०८१ मङ्सिर १४ गते शुक्रबार ०८:०८
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना