काठमाडौँ– सहकारी ठगीको मुख्य आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुक्रबार पूरा नभएपछि आइतबार पनि हुने भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो।
दिउँसो साढे ३ बजेसम्म बयान हुँदा पनि नसकिएपछि आइतबार फेरि बयान हुने भएको हो।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको हो।
उनीविरुद्ध रुपन्देही र चितवनका जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ।
रवि कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई सोही दिन सडकमार्गबाट पोखरा लगिएको थियो। पोखराबाट रुपन्देही पुगेर उनले बयान पनि दिएका छन्।


