२०८३ साउन १३ गते बुधबार

बुद्धको विचारबाटै विश्वमा शान्ति हासिल हुन्छ : प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
oli_lumbini

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन्। शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताउँदै उनले त्यसैबाट पनि समृद्धि हासिल हुने बताए।

लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्व शान्तिबाट मात्रै हुने बताए। यसैका आधारमा आफूहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूको आस्थाको केन्द्रको रूपमा लुम्बिनीलाई विकास गरिने बताए। लुम्बिनीमा मानव जाति मात्रै नभई सबै प्राणीहरू समेत रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा उनले जोड दिए।

उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यही बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको बताए।

‘५ हजार मानिस एकैचोटी बस्न मिल्ने गरी सभाहल बनाइएको छ,’ उनले भने, ‘लुम्बिनीलाई मानिसको मात्रै होइन, चराचुरुङ्‍गी किराफट्याङ्ग्राले पनि सम्झिउन् भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं।’

प्रधानमन्त्री ओलीले लुम्बिनी विश्व विद्यालयले बौद्ध दर्शन, शान्ति र विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षाका लागि काम गर्ने समेत बताए।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्व विश्वविद्यालयले बौद्ध दर्शनसँगै विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिइन।

उनले विश्वविद्लायले सक्षमतामा आधारित पाठ्यक्रम लागु गर्न, गुम्बा शिक्षा, बज्रयान, महायान तथा पाली भाषाको समेत अध्ययन अध्यापनमा काम गर्नुपर्ने बताइन। उनले दीक्षित विद्यार्थीलाई राष्ट्र हितमा प्रयोग गर्न अनुरोध गरिन्।

विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक गरेका २८९ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।

विश्वविद्यालयले बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य ) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।

उपाधि प्राप्त गरेकी भिक्षुणी धम्मावतीले आफू १२ वर्षदेखि बुद्ध दर्शनका लागेको बताउँदै मानार्थ विद्यावारिधिको उपाधि दिएकोमा खुशी व्यक्त गरिन्।

विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्रचार्यले २०औं वर्षमा प्रवेश गरेको अवसरमा गरिएको दीक्षन्त समरोहलाई विशेष बनाउन सहभागी सबैप्रति आभार प्रकट गरे।

दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिएको थियो।

प्रकाशित: २०८१ मङ्सिर १४ गते शुक्रबार ०५:४१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना