काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ प्रस्थान गरेका छन्।
सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत ओली चीनतर्फ प्रस्थान गरेका हुन्।
ओली ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ प्रस्थान गरेका हुन्। उनका साथमा परराष्ट्रमन्त्री डा आरजू राणा देउवा पनि छन्।
सरकारी निकायका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधि पनि टोलीमा सहभागी छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि र पछि आधा घण्टासम्म उडान तथा अवतरण सेवा बन्द गर्ने निर्णय भएको छ।
विमानस्थल बन्द गरेका कारण नेपालगन्जबाट काठमाडौँ आउन लागेका जहाज आकाशमै फन्को लगाउनुपरेको छ।













