रुकुम- रुकुमपूर्व जिल्लाको पुथाउत्तारङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ।
वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको हो।
माओवादीकी नरपुरा बुढाले १०७६ मत पाएकी छन्।
कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत पाएकी छन्।
यो पालिकामा एमाले-कांग्रेसको गठबन्धन छ। यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
यही पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।


