चितवन- चितवनको कालिका नगरपालिकामा दुई वटा ‘ग्रिनेट बम’ फेला परेका छन्।
कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बमजस्तै शंकास्पद वस्तु भेटिएको बताए।
ती बम डिस्पोज (निस्क्रिय) गर्न नेपाली सेनाको टोली परिचालन भएको छ।


