काठमाडौँ- नेपाल टेलिकमले मोबाइल प्वाइन्ट अफ सेल (एमपीओएस) बाट रिजार्ज गर्दा बोनस दिने भएको छ। बुधबार विज्ञप्ति जारी गर्दै रिचार्जमा बोनस अफर ल्याएको कम्पनीले जानकारी दिएको हो।
नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल रिचार्जमा यस्तो अफर उपयोग गर्न सकिन्छ। पौष १७ गते सम्मका यो अफर लागू हुनेछ।
एमपीओएसबाट ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३ दिनका लागि मान्य हुने गरी २० मिनेट भ्वाइस कलको सुविधा पाइन्छ।
१०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३ दिनका लागि मान्य हुने गरी ५० मिनेट भ्वाइस कलको सुविधा पाइन्छ।
२०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनसम्म २ जीबी डाटा सुविधा पाइन्छ।
५०० भन्दामाथि रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनसम्म ८ जीबी डाटा सुविधा पाइन्छ।
ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ।


