काठमाडौँ- नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनतर्फ प्रस्थान गरेका छन्।
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि श्रेष्ठ अचानक चीन उडेका हुन्।
चीनको संघाइमा हुने गोष्ठीमा भाग लिन उनी त्यता गएको भनिएको छ।
श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनको प्रयास गरेका थिए।
असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो।


