काठमाडौँ- नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन पूर्ण जोसको साथ सुरु भएसँगै सामसङले टीभीमा छुट अफर ल्याएको छ। घरमै एनपीएल हेरिरहेका दर्शकहरूको लागि सामसङ नेपालले नयाँ टिभी किन्दा ३१ प्रतिशतसम्म छुट अफर ल्याएको जानकारी दिएको हो।
यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ। ग्राहकहरूलाई १२ महिनाको अवधिमा ०% ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ। यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।
एक्सचेन्ज पार्टनर आर्कोस्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ।
१६ पुष, २०८१ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभर उपलब्ध गराइएको छ।
