काठमाडौँ- पोखरा एभेन्जर्सका खेलाडी एन्ड्रिज गुजले एनपीएलमा पहिलो शतक प्रहार गरेका छन्।
उनले ५५ बल खेल्दै १०४ रनको योगफल बनाएका थिए।
गुजले १२ चौका र ५ छक्काको सहयोगमा १०४ रन बटुल्न सफल भएका हुन्।
अमेरिकी नागरिक ३१ वर्षीय गुज दायाँ हाते ब्याटर हुन्।
टी-२० आईमा उनले ६९२ रन बनाएका छन्।
उनीसँग साझेदारी गरेका दिनेश खरेलले पनि अर्धशतक प्रहार गरे।
दिनेशले ४६ बल खेलेर ६१ रन बनाएका थिए।
पोखराले यो प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो, त्यो पनि कुनै विकेट नगुमाई।


