काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ। मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो।
जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा चार जनाले मनोनयन दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा दुई र समावेशी उपाध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै महासचिवमा चार, खुला सचिवमा सात, महिला सचिवमा तीन र आदिवासी जनजाति सचिवमा तीन जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।






