२०८३ कार्तिक १५ गते शनिवार

लैंगिक हिंसा अन्त्यका गर्न एनसेल, साथी र जोन्टाको सहकार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २१
zonta

काठमाडौँ- एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान संचालन गरिहेका छन्।

यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममध्ये एक हो। यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १ हजार ५०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराइएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैङ्गिक समानतामा प्रगतिलाई रोक्छ। गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन्। ‘ओरेन्ज द स्कूल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ। युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्वपूर्ण छ।’

एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् ‘ओरेन्ज द स्कूल अभियानले लैङ्गिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पु¥याएको छ।  युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ। अहिलेको बदलिदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनिकरणकालागि साइबर सुरक्षा र डेटा प्राइभेसी जस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरुमाझ लानका लागि यस अभियानको हिस्सा बन्न पाएकोमा हामी खुसी छौं र हामीलाई विश्वास छ हाम्रो सामूहिक प्रयासले दिगो प्रभाव पार्नेछ।’

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन्। यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ।

जोन्टा क्लब अफ काठमाडौंको महिला हिंसा विरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले भनिन्, ‘यो अभियानले जोन्टा क्लब काठमाडौं, साथी संस्था र एनसेल फाउन्डेसनको साझेदारीमा स्रोत र विशेषज्ञताको संयोजन गर्दै प्रभावलाई अधिकतम बनाउन सहयोग पु¥याएको छ। सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूप्रति उनीहरूको उत्साह र समर्थनका लागि हामी आभारी छौं। सामूहिक प्रयासले हामीले मौनता तोड्न, परिवर्तनलाई प्रेरित गर्न र महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पुर्‍याउँछ।’

२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामुलक कार्यक्रमहरू सञ्चालन भईरहेका छन्।

प्रकाशित: २०८१ मङ्सिर २१ गते शुक्रबार १०:००
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना