कैलालीमा वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो।
मुखको क्यान्सरबाट पीडित ३६ वर्षीय गिरीले लामो नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । अन्तिम पटक काठमाडौँमा उपचार गराएर घरमै आराम गरिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रवार साँझ करिब ६ बजे उनको निधन भएको हो।
स्वर्गीय गिरीको अन्तिम संस्कार आजै उनको गाउँ फलेविसौना हुने उपाध्यक्ष साउदले जानकारी दिए । गिरीका दुई छोरा एक छोरी छन्।


