काठमाडौँ- नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थली पुगेका छन्।
पार्टीका उपसभापति डीपी अर्यालसँग भेटका लागि उनी पार्टीको केन्द्रीय कार्यालय पुगेका हुन्।
भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको रास्वपाको भनाइ छ।
राजदूत बाससँगको भेटमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागी थिए।


