२०८३ कार्तिक २६ गते बुधबार

दुर्गा प्रसाईंको बयान : ओलीको लगानीसम्बन्धी कागजात कम्बोडिया बस्ने नेपालीले पठाएका हुन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २७
durga_prasain_arrested-4

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीसम्बन्धी आफूले सार्वजनिक गरेका ‘फेक डकुमेन्ट’ आफूले नबनाएको बयान दिएका छन्। ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको विषयमा त्यहाँ बस्ने नेपालीले आफूलाई बताएको र सोही आधारमा आफूले बोलेको मात्र उनको जिकिर छ। त्यहाँ बस्ने नेपालीले नै आफूलाई ह्वाटसएपमा कागजात पठाएकाले आफूले सोही आधारमा कागजात सार्वजनिक गरेको उनको आरोप छ।

‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए। खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए। त्यसो भए तपाईसँग के प्रमाण छ भनी उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए,’ प्रसाईंले बयानमा भनेका छन्, ‘त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन।’केन्द्रीय अनुसन्धान ब्युरोमा उनले यस्तो बयान दिएका हुन्।

आफूले सोही कुरा प्रष्ट पार्नका लागि पत्रकार सम्मेलन गरेको र भिडियो पनि बनाएको उनको जिकिर छ। ‘गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, न त हाम्रो देशका प्रधानमन्त्री ठूलो व्यापारी, न त ठूलो व्यवसायी, न त ठूलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनतासामु प्रष्ट पारौं भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गरेँ,’ उनले बयानमा भनेका छन्।

प्रसाईंलाई साढे ७ वर्षसम्म कैदमा राख्न माग गर्दै अदालतमा मुद्दा भएको छ। बुधबार साइबर अपराध कसुरको आरोपमा उनीमाथि मुद्दा दर्ता भएको हो।

काठमाडौँ जिल्ला अदालत प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार उनीमाथि कैद सजायको माग गर्दै मुद्दा दायर भएको हो।

उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो। त्यसैगरी प्रसाईंले दोहोर्‍याएर सोही अपराध गरेको भन्दै थप सजायको पनि माग गरेको हो। ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उक्त दफाको उपदफा २ मा भनिएको छ। यसरी प्रसाईंलाई साढे सात वर्षसम्म सजाय गर्न माग गरिएको छ।

प्रसाईंलाई पहिलो कसुरमा असोज ६ गते पक्राउ गरेको थियो। दुई वटा छुट्टाछुट्टै जाहेरीका आधारमा उनी ९ दिन हिरासतमा बसेर छुटेका थिए। जिल्ला अदालतले दुई वटा कसुरमा ५०-५० हजार धरौटी माग गरेको थियो।

त्यो मुद्दा किनारा नलाग्दै प्रधानमन्‍त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुरको निवासबाट मंसिर ४ गते पक्राउ गरेको थियो।

उनीमाथि आपराधिक लाभ र संगठित अपराधमा पनि अनुसन्धान थालिएको छ। नेपालका उच्चस्तरीय व्यक्ति तथा व्यवसायीहरूलाई धम्क्याउन झापाका हरिचन्द्र फुयाललाई परिचालन गरेको आरोप पनि उनीमाथि छ। प्रसाईंकै निर्देशनमा फुयाँलले भारतमा बसेर विभिन्न व्यक्तिहरूलाई धम्की दिएको प्रहरीको अनुसन्धानले देखाएको बताइएको छ।

विभिन्न अपराधको आरोपमा हाल जेलमा रहेका भारतीय नागरिक लरेन्स बिस्नोईको नाम लिएर प्रसाईंले नेपाली व्यापारीहरूलाई धम्क्याएको आरोप पनि छ।

विस्नोईले जेलभित्रैबाट आफ्नो समूह परिचालन गर्दै आएका छन्। उनको समूहमा सात सयभन्दा धेरै मानिस रहेको भारतीय सञ्चार माध्यमको दाबी छ। भारतीय मिडियाका अनुसार उनको पहुँच क्यानडा, इटाली, अस्ट्रेलियासम्म छ।

प्रकाशित: २०८१ मङ्सिर २७ गते बिहिबार १२:०८
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना