काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंँलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार रुपैयाँमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार यस्तो आदेश गरेको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईँलाई पक्राउ गरी साइबर अपराधको मुद्दा चलाएको छ।
उनीमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेले अदालतको आदेश आएपनि उनी रिहा हुने छैनन्।
उनीमाथि व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोग पनि छ।
प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।
