काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्यमा १७ नेतालाई मनोनित गरेको छ।
समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो।
मनोनित स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेल छन्। यो सँगै स्थायी कमिटी सदस्यको संख्या ४१ पुगेको छ।
स्थायी कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४, सचिव ७, वरिष्ठ ३ र सम्मानित १ गरेर २४ सदस्यीय पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य रहन्छन्।
गएको असार १६ देखि २० मा सम्पन्न दसौँ महाधिवेशनले एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन गरेको थियो।
बाँकी पदाधिकारीको चयन भने भदौ ९–१२ मा केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार मतदानबाट भएको थियो।
