काठमाडौँ – सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसब्बा गुरुङले बिहीबार र शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको यस प्रकारको निर्णय सुनाउँदै आज (सोमबार) यसबारे जानकारी दिएका हुन्।
त्यस्तै सरकारले १५ मिलियन अमेरिकी डलर (२३ अर्ब रुपैयाँ बढी) अनुदान एवं जापान फण्ड फर प्रसपोरस एण्ड रेजिल्न्ट एसिया एण्ड द प्यासिफिकबाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताए।
ऋण स्वीकार गरिएको १७० मिलियन काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार योजना (दोस्रो) का लागि भएको मन्त्री गुरुङले जानकारी दिए।


