काठमाडौँ- नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा सुरु भएको छ। पौष १ गतेदेखि सेवा सञ्चालन गरिएको हो।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै आएका सम्पति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गत पर्ने बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागका सबै सेवा अब यही कार्यालयबाट हुनेछ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि यो स्थानबाट सेवा प्रवाहमा बाधा भएको थियो। भवनलाई पुरानै स्वरुप दिएर नयाँ बनाइएको हो।













तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


