काठमाडौँ- काठमाडौँको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण धमाधम भइरहेको छ।
काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेलमैदान बन्नेछ।
मैदानमा आकाशेपानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ। वरिपरि सिमा पर्खाल हुनेछ।
यसमा २८ वटा चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङस्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन्।












