काठमाडौँ- राष्ट्रियस्तरमा देखिएको न्यून आर्थिक वृद्धिदरको असर प्रदेशगत रुपमा पनि पर्ने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रदेशगत कुल गार्हस्थ्य उत्पादन उत्पादन सम्बन्धी विवरणले यस्तो देखाएको हो।
सातै प्रदेशको आर्थिक वृद्धिदर गत वर्षको तुलनामा निकै न्युन हुने प्रक्षेपण तथ्याङ्क कार्यालयले गरेको छ। गत वैशाखको मध्यमा राष्ट्रिय लेखा तथ्याङ्क प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २.१६ प्रतिशत सीमित हुने प्रक्षेपण गरिएको थियो। चालु आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ५४ खर्ब पुग्ने अनुमान गरिएको छ। यस्तै प्रदेशस्तरमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर गण्डकी प्रदेशको र सबैभन्दा न्युन आर्थिक वृद्धिदर राजधानी प्रदेश बागमतिको हुने प्रक्षेपण गरिएको छ।
कोशी प्रदेश
कोशी प्रदेशको चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.४७ प्रतिशत रहेको थियो। यस आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ८ खर्ब ४९ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधितअनुमान करिव रु. ७ खर्ब ८० अर्ब रहेको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ।
यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान कृषि क्षेत्रको ३३.२ प्रतिशत प्रतिशत र स प्रशासनिक सहयोगी सेवा क्षेत्रको सबैभन्दा कम ०.३ प्रतिशत हुने अनुमात गरिएको छ ।
मधेश प्रदेश
चालु आर्थिक वर्षको ९ महिनामा मधेस प्रदेशको आर्थिक वृद्धिदर १.६९ प्रतिशत सीमित हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस प्रदेशको आर्थिक वृद्धिदर ४.६३ प्रतिशत रहेको संसोधित अनुमान गरिएको छ।यस आवमा यस प्रदेशको कुलगार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ७खर्ब ७ अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव रु.६ खर्ब ५० अर्ब रहेको छ। गतआवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत १३.१प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३५.२प्रतिशत कृषिक्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२प्रतिशत खानी तथा उत्खननक्षेत्रको रहेको छ।
बागमती प्रदेश
गत आर्थिक वर्ष ६.३० प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बागमति प्रदेशको चालु आर्थिक वर्ष १.४४ प्रतिशतमा सीमित हुने प्रक्षेपण राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १९ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको योगदान हुने अनुमान छ। गत आर्थिक वर्ष यस्तो योगदान करिब .१८ खर्ब १९ अर्ब रहेको थियो।
कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको हिस्सा ३७.९५ प्रतिशत हुने देखिएको छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको सबैभन्दा बढी योगदान रहदै आएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २३.६प्रतिशत ब्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान शुन्य ३ प्रतिशत पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनतथा पुनःउत्पादनका क्रियाकलापहरू क्षेत्रको रहेको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको चालु आर्थिक वर्षपनि सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएकव छ। गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा झन्डै दोब्बरले संकुचलन आएपनि अन्य प्रदेशको तुलनामा यस प्रदेशको आर्थिक वृद्धिदर बढी हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। गत आर्थिक वर्ष ६.३५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको यस प्रदेशले चालु आर्थिक वर्ष ३.२६ प्रतिशत कायम हुने अनुमान छ।

यस प्रदेशको कुलगार्हस्थ उत्पादनमा करिब ४ खर्ब ८२ अर्ब हुने अनुमान गरिएको गत आर्थिक वर्षको संशोधित अनुमान करिव ४ खर्ब ३७ अर्ब रहेको छ। राष्ट्रिय तकुल गार्हस्थ उत्पादन यस प्रदेशको हिस्सा ८.९ प्रतिशत रहेको छ। प्रदेशले चालु आवमा ९.०प्रतिशत योगदान पुर्याउने अनुमान छ। यस प्रदेशको गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान कृषि क्षेत्रको २५.९ प्रतिशत र सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३ प्रतित रहेको छ।
लुम्बिनी प्रदेश
चालु आर्थिक वर्ष यस प्रदेशको आर्थिक वृद्धिदर २.०६ प्रतिशतमा सीमित हुने अनुमा गरिएको छ। गत आर्थिक वर्ष यस प्रदेशले ५.०३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो। चालु आ.बमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ७ खर्ब ६२ अर्ब कायम हुने अनुमान गरिएको छ। गत आवका संशोधित अनुमान अनुसार यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ९७ अर्ब पुगको छ। गत आवमा राष्ट्रिय कुल गार्हस्थ उत्पादन १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १४.२ प्रतिशत योगदान पुग्ने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको सबैभन्दा बढि योगदान कृषि क्षेत्रको २९.८ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३ प्रतिशत रहेको छ।
कर्णाली प्रदेश
गत आर्थिक वर्ष ५.३२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा पनि संकुचित भएको छ। चालु आर्थिक वर्ष यस प्रदेशको आर्थिक बृद्धदर १.९१ प्रतिशतमा सीमित हुने अनुमान राष्ट्रिय लेखा तथ्याङ्क कार्यालयले गरेको छ। गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन २ खर्ब १ अर्ब रहेकोमा यस आर्थिक वर्ष २ खर्ब २१ अर्ब पुग्ने अनुमान प्रस्तुत गरिएको छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा आगामी आर्थिक वर्ष यस प्रदेशको योगदान ४.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान यस प्रदेशको पनि कृषि क्षेत्र नै रहेको छ। ३०.८ प्रतिशत कृषिक्षेत्र योगदान रहेको यस प्रदेशको सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रमा ०.२ प्रतिशत रहेको छ।
सुदुरपश्चिम प्रदेशः
चालु आर्थिक वर्ष सुदरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशतमा संकुचित हुने भएको छ। गत आर्थिक वर्ष ४.७८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको यस प्रदेशको पनि आर्थिक गतिविधिमा मन्दीको असर परेको छ। चालु आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ७६ पुग्ने अनुमान गरिएको छ। गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो। रहेको छ। राष्ट्रिय स्तरको उत्पादन यस प्रदेशको हिस्सा ७ प्रतिशत नै हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष पनि यस प्रदेशको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७प्रतिशतको नै हिस्सा रहेको थियो। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान कृषि क्षेत्रको ३३.४ प्रतिशत प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान ०.१ प्रतिशत रहेको छ।


