काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।
घटेको मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ। पेट्रोलको भने यसअघिकै मूलय प्रतिलिटर १७५ रुपैयाँ पर्नेछ। यसअघि यी दुवै प्रकृतिका इन्धनको मूल्य १६५ रुपैयाँमा कारोबार भइरहेको थियो। नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले जनाएको छ।



