काठमाडौँ– काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित एक घरमा आगलागी भएको छ।
स्थानीय भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो।
आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ।
अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
आगो निभाउन काठमाडौं, ललितपुर, भक्तपुरका दमकल, नेपाल प्रहरी र स्थानीय खटिएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी छ।


