काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित सरकारी जग्गामा बनाइएको कबाडी गोदाममा डोजर चलाएको छ।
गोदाम भत्काउन शुक्रबार महानगरले डोजर पठाएका थिए।
कवाड संकलकहरुले सरकारी जग्गालाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गर्दै आएका थिए।
महानगरले त्यसलाई हटाउन आग्रह गरिरहेको थियो।
हटाउन अटेरी गरेपछि महानगरले डोजर चलाएको हो।


