पोखरा– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई चरणमा अभियोग पत्र दर्ता हुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
गोर्खामा जीबीका साझेदारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आइतबार मात्र मुद्दा गराउने तयारी छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध शुक्रबार र केही प्रतिवादीविरुद्ध आइतबार म्याद भएकाले दर्ता हुनेछ।
शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको हकमा अर्को अभियोग पत्र पेस हुनेछ। आज मुद्दा दर्ता भएका सबै प्रतिवादीहरू फरार रहेका छन्।


