काठमाडौँ- बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजान भारतलाई मनाउने सहमति भएको छ। नेपाल र बंगलादेशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्न भारतसँग वार्ता गर्ने सहमति भएको हो।
नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउन लागिएको हो।
नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ। दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ।
४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच भएको थियो।



