काठमाडौँ- इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता घोषणा गरेको छ।
घोषणा अनुसार काठमाडौंका वीरबहादुर तामाङ विजेता भएका छन्।
उनले आकर्षक भेस्पा एलेगान्ते १५० स्कुटर हात पारेका छन्।
कम्पनीले उक्त स्कुटर एक कार्यक्रमका बीच विजेता तामाङलाई हस्तान्तरण गरेको छ।
कम्पनीले दशैंको अवसरमा १६ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म यो योजना सञ्चालन गर्ने घोषणा गरेको भए पनि ३ नोभेम्बरसम्म योजना अवधि लम्ब्याएको थियो।


