काठमाडौंः भक्तपुरमा बाबुछोरा मृत फेला परेका छन्। मृतकहरु खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्य रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको प्रकृति हेर्दा मृतकहरुलाई कसैले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशंका प्रहरीको छ।
कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन्। “शनिबार साँझ दुई छोराहरुसहित तीनैजनाले सँगै खाना खाएको कुरा आएको छ। बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव छ,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले भने “ घटनामा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ।”
कुलप्रसाद कार्यालयको कामले काठमाडौं आएको बेला भएको यो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छश्र


