काठमाडौँ- चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।
सहकारी ठगीको आरोपमा महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।
उनी हरियाली सहकारीका कोषाध्यक्ष हुन्।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा महर्जन एमालेबाट निर्वाचित भएका थिए।


