काठमाडौँ – नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग जिल्ला अदालत ललितपुरले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
आपराधिक लाभसम्बन्धी कसुरमा थुनछेक बहसपछि अदालतले उनीसँग धरौटी माग गरेको हो।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो।
घरजग्गा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसादिने भन्दै उनले रकम असुलेको आरोप लागेको थियो।


