२०८३ साउन १३ गते बुधबार

जुनार बेचेरै काठमाडौंमा घर-घडेरी जोड्नेको कथा

 |  राधिका बुढाथोकी
Sanket

राधिका बुढाथोकी

काठमाडौँ, पुस ९
Junar_Farmer-1024×601

सिन्धुली:  आकाश उज्यालिएको छ। पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्य पुलकित देखिन्छ पातलो बस्ती। त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा। जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुन्डिएका छन्, पाकेका फल।

सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका–४ तिनकन्याको दृश्य हो यो । जहाँ, लुकेको छ एउटा कथा—सङ्घर्ष, सम्भावना र सफलताको। केही वर्षअघिसम्म यहाँका स्थानीय बासिन्दाको जीवन दयनीय थियो।

किसानहरू खेतबारीमा परम्परागत बालीहरु दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे । यी बालीहरू उत्पादन गर्न गाहे त थियो नै, पर्याप्त पनि हुन्नथ्यो । गरिबी र अभावका कारण स्थानीय बासिन्दाहरु रोजगारीको खोजीमा भौतारिन्थे । सडक अभावका कारण गाउँमा यातायातका साधन देख्न समेत पाइन्न थियो। पैदल यात्रा गरेर रोजगारी खोज्दै शहर झर्थे।

एक दिन गाउँमा पुगेका कृषि विज्ञहरूले किसानहरूलाई सुल्झाए, ‘यस ठाउँको माटो र मौसम जुनार खेतीका लागि उपयुक्त छ, यसको व्यावसायिक खेती गर्नुस्, मनग्य आम्दानी हुन्छ।’

किसान गुन्डबहादुर ठकुरीले कृषि विज्ञहरूको सुझावलाई आत्मसात गरे । उनले आफ्नो थोरै जमिनमा जुनारका विरुवा रोपेर व्यावसायिक खेतीको यात्रा सुरु गरे। मेहनत र धैर्यताको फलस्वरूप विरुवा रोपेको तीन वर्षदेखि नै जुनारको फलले आम्दानी दिन थाल्यो। जुनारको फलबाट मनग्य आम्दानीको स्वाद चाख्न पाएपछि उनले जुनार बगैँचा २५ रोपनीमा विस्तार गरे।

उनी अहिले जुनार बेचेर वार्षिक १५ लाख रूपैयाँ आम्दानी गर्न थालेका छन्। किसान गुन्डबहादुरको यो सफलताका पछाडि धर्मपत्नी देविकुमारी ठकुरीको पनि उत्तिकै साथ र सहयोग छ । ७० वर्षको उमेरमा पनि उनी जुनार खेतीमा सक्रिय छिन् । उनले आफ्नो उमेरको तीन दशक बढी जुनार खेतीमा समर्पित गरिसकेकी छिन् ।

अहिले उनको बगैंचामा जुनार लटरम्मै फलेका छन् । हामी जुनार बगैँचामा पुग्दा बोटका जुनार टिपेर बोरामा हाल्दै थिइन् उनी। ‘अघिल्लो वर्षभन्दा यसवर्ष जुनार अलि कम फलेको छ,’ देवीकुमारीले भनिन्।

ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आएका छन् । ‘पाँच लाखदेखि ३५ लाखसम्म वार्षिक रुपमा आम्दानी लिने किसान छन् यहाँ,’ किसान गुन्डबहादुरले भने, ‘जुनार उत्पादन गर्दाको सुरूवाती वर्षमा प्रतिदाना ५० पैसामा बिक्री गरेको जुनार अहिले बगैँचामै प्रतिदाना १० रुपैयाँमा बिक्री हुन्छ। जुनारबाट भएको आम्दानीले काठमाडौँको कपनमा घर घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ।’

ठकुरी दम्पतीले आफ्नो मेहनत र इमान्दारीताबाट केवल आफ्नो सपना मात्रै साकार बनाएनन्, रोजगारी पनि सिर्जना गरिदिदिएका छन् ।

अहिले गाउँका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन्। आफ्नो पाखाबारी नभएकाहरुले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पाएका छन्। स्थानीय दलबहादुर नेपाली र उनको धर्मपत्नी ज्ञानुलाई रोजगारीका लागि भौंतारिदै शहर पस्न नपर्ने खुसीले हर्षित तुल्याएको छ।

आफ्नै गाउँको माटोको गन्धमा हुर्किने दलबहादुर दम्पतीलाई शहरको धुलो र चिल्ला सडकले कहिल्यै लोभ्याएन। पाँच वर्षअघि गाउँमै रहेको व्यावसायिक जुनार बगैंचामा काम गर्न पाउने मौका पाउँदा उनीहरूको जीवनले नयाँ मोड लियो ।’शहर जाँदा परिवारसँग टाढिनु पर्थ्यो,’ दलबहादुरले भने, ‘गाउँको जुनारले परिवारसँगै बस्ने वातावरण बनायो।’

नेपाली दम्पतीले बगैंचामा सिँचाई, गोडमेल, र जुनार टिप्नेदेखि बजारसम्म पुर्‍याउने काम गर्छन् । ‘गाउँकै खेतबारीमा पसिना बगाउन पाउनु पौरख नै हो,’ उनले गर्व गर्दै भने ।

जुनार बगैंचाले नेपाली दम्पती जस्ता अरु मजदुरहरुलाई पनि रोजगारी दिएको छ । कुनै बेला विदेश जान लागेकाहरू गाउँ फर्केर व्यवसायिक खेतीप्रति आकर्षित भएका छन् । जुनार खेतीले तिनकन्याका किसानलाई आत्मानिर्भर बनाएको छ नै मजदुर र व्यापारीलाई पनि रोजगारीको अवसर प्रदान गरेको छ ।

बगैँचाका जुनार बजारमा
तीनकन्याका बगैँचामा उत्पादन भएका जुनारले यतिबेला जिल्लाका मुख्य चोक र बजार क्षेत्र भरिएका छन् । किसान र व्यापारीलाई पाकेका जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । सिन्धुलीको रमणीय दृश्य अवलोकन गर्दै बिपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि जिल्लाको जुनार मुख्य कोसेली बनेको छ।

जुनार पकेट क्षेत्रका किसानहरुले आफ्नो बारी, बगैँचामा उत्पादन गरेका जुनार राजमार्गको छेउमा बिक्रीका लागि राखिएको हुन्छ। यात्रुहरु त्यही जुनार किनेर कोसेलीको रुपमा लिएर जाने गर्दछन्। ‘जुनार सबैभन्दा बढी बिक्री हुने स्थान भनेकै बिपी राजमार्ग हो,’ जुनार विकास सङ्घ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरले भने, ‘जुनार तीनकन्याको मात्रै होइन, सिन्धुलीको पहिचान बनिसकेको छ। यसले आर्थिक लाभसँगै आत्मसन्तुष्टि पनि मिलेको छ।’

राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रु सिन्धुलीको जुनारसँग परिचित छन्। कतिपय यात्रुहरु जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाखर्क, खुर्कोटलगायतका स्थानमा आफू सवार सवारीसाधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन्।

झापा-काठमाडौंसम्मको यात्राका क्रममा खनियाखर्क बजारमा भेटिएका गोपाल काफ्लेले भने, ‘म यहाँको जुनार नखाई यात्रा अगाडि बढाउँदिन । श्रीमतीले पनि सिन्धुलीबाट जुनार लिएर आउनु है भनिकी छिन्, लिएर जान्छु।’

राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रु सिन्धुलीको जुनारसँग परिचित छन्। कतिपय यात्रुहरु जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाखर्क, खुर्कोटलगायतका स्थानमा आफू सवार सवारीसाधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन्।

मंसिरदेखि माघसम्म जुनारको याम हो। यस समयमा राजमार्ग छेउका पसल र यहाँका बजारहरू जुनारले भरिएका हुन्छन्। ‘हामीलाई किसानले ताजै जुनार उपलब्ध गराउँछन् । दुई दशकदेखि जनारको व्यापार गदैँ आएको छु । यहाँ जुनार किन्ने मुख्य ग्राहक भनेकै बिपी राजमार्गका यात्रुहरु हुन्,’ खनियाखर्ककी जुनार व्यापारी सावित्रा थापामगरले सुनाइन् । किसान कुसुमकुमारी ठकुरी भने जुनार किसानले उचित मूल्य नपाएको गुनासो गर्छिन्। व्यापारीले पसलैपिच्छे फरक-फरक मूल्य लिने गरेकोमा उनको आपत्ति छ।

‘बजारमा जुनारको मूल्यमा एकरूपता छैन। व्यापारीअनुसार फरक-फरक छ। किसानसँग प्रतिकिलो ६० देखि ८० रूपैयाँमा किन्छन् तर व्यापारीले भने ८० देखि १३० रूपैयाँसम्ममा बेचिरहेका छन्,’ उनले भनिन्।

गोलञ्जोरलाई जुनार गाउँपालिका बनाउने प्रयास
तीनकन्या जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित छ। गोलञ्जोरका छ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यातले सबल बन्दै गएको छ । ‘गोलञ्जोरको भूमि जुनार उत्पादनको लागि अत्यन्त उपयोगी मानिन्छ। यसको खेती हाम्रो प्राथमिकतामा छ,’ गाउँपालिका प्रमुख शङ्करराज बरालले भने, ‘गोलञ्जोरको मुख्य चिनारी नै जुनार हो । जुनार गोलञ्जोरको मात्रै होइन, जिल्लाको पहिचान बनिसकेको छ।’

उनले जुनारको प्रचार र प्रवर्द्धनको लागि गाउँपालिकाको नाम परिवर्तन गरेर जुनार गाउँपालिका राख्ने प्रयासमा आफू रहेको समेत बताए । जुनार उत्पादनमा देखा पर्ने रोगकिराका विभिन्न समस्या समाधानका लागि थप पहल आवश्यक रहेको उनको भनाइ छ। ‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले जुनार उत्पादनमा असर पुर्‍याइरहेकोछ । यसले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले चिन्ता व्यक्त गदैँ भने, ‘रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, सङ्घ सरकार र सरोकारवालासँग विनम्र अनुरोध गर्दछु।’

जुनार ढुवानीमा चुनौती
तीनकन्याको जुनारले स्थानीय हुँदै राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाइसकेको छ तर कच्ची सडकका कारण बगैँचाको जुनार बजारसम्म ढुवानी गर्न चुनौती छ।वर्षा हुँदा सडक हिलोले भरिन्छ भने हिउँदमा धुलाम्मे सडक उत्तिकै जोखिमपूर्ण छ। हरेक वर्ष किसानले उत्कृष्ठ गुणस्तरका जुनार उत्पादन गरे पनि ढुवानी व्यवस्थित नहुँदा मिहेनतअनुसारको फाइदा लिन सकिरहेका छैनन्। ‘मिहेनत गरेर उत्पादन गरेका जुनार बिग्रिने डरले बिचौलियालाई सस्तोमा दिन बाध्य छौँ। आफैँले बजार लगेर बेच्न पाए  आम्दानी बढ्ने थियो, सडक राम्रो नभएकाले जुनार ढुवानी खर्च अत्याधिक महँगो पर्छ,’ किसान मञ्जुकुमारी आलेमगरले गुनासो गरिन् ।

खनियाखर्क-कमारेभञ्ज्याङ-तीनकन्या सडक चिसासानीसम्म मात्रै कालोपत्रे भएको छ । जुनार उत्पादनबाट किसानको आर्थिकस्तर माथि उठाउन सबैभन्दा पहिले कच्ची सडकको समस्या समाधान गर्नु पर्नेमा किसानहरुको जोड छ ।

जुनारमा लाग्ने रोगकिरा र सडक समस्याको समाधान गर्नका जिल्ला समन्वय समितिले चासो देखाएको छ। जुनार उत्पादित क्षेत्रको अनुगमन गर्न तीनकन्या पुगेकी उपप्रमुख शान्ता कार्कीले तीनै तहका सरकार र सरोकारवालाहरुसँग छलफल गरेर जुनार किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

‘जुनार सुपरजोन’ कार्यक्रम कार्यान्वयन
जुनार उत्पादनमा देशकै अग्रणी मानिएको तीनकन्यालाई जुनारको राजधानीका रुपमा पहिचान स्थापित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जुनार सुपरजोन) कार्यक्रमले महत्वपूर्ण टेवा पुर्‍याएको छ ।

गोलञ्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिका-३ जलकन्या र तीनपाटन गाउँपालिका–१ तोश्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् । जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन भएका यी आठ वटा वडामा जुनार बढाउने, बचाउने र जुनारको बजारीकरण गर्ने कार्यमा कार्यक्रमले किसानलाई सघाउँदै आएको छ ।

जुनार सुपरजोन सिन्धुलीका प्रमुख यमकुमार श्रेष्ठका अनुसार जुनार सुपरजोन कार्यक्रमले यस क्षेत्रमा हालसम्म २३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ। पन्ध्र वटा नर्सरीमार्फत गुणस्तरीय जुनारको विरुवा उत्पादन भइरहेको छ भने जुनारमा लाग्ने रोगकिरा नियन्त्रण,  सिँचाइ व्यवस्थामा निरन्तर प्राविधिक सहयोग गर्दै आएको छ।

जुनारको भण्डारणका लागि १४ वटा शीतभण्डार निर्माण गरिएको छ। ‘किसानले मङ्सिर-माघसम्म शीतभण्डारमा जुनार भण्डारण गरेर वैशाखमा दोब्बर मूल्यमा बिक्री गर्न पाउँदा उनीहरूको आम्दानीमा उल्लेख्य सुधार भएको छ,’ सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भने ।

जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चियालगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उनले बताए । स्थानीय होटलहरूमा जुनारका विभिन्न परिकार बिक्री गर्ने व्यवस्था मिलाइने छ । साथै, जुनार प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिइएको उनले सुनाए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये सात सय ९४ हेक्टरका बोटले उत्पादन दिइरहेको छ ।

जिल्लामा यस वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आँकलन छ। जिल्ला जुनारको हबका रुपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्ने मात्र नभई देशकै आर्थिक आम्दानी बढाउनसमेत योगदान पुग्ने देखिन्छ।

प्रकाशित: २०८१ पुस ९ गते मङ्गलबार ०३:१२
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना