पोखरा- पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ।
गोर्खा मिडियाका पूर्वउपाध्यक्षसमेत रहेका जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे।
अब अदालतमा लिला पछाईंको बयान सुरु भएको छ। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेचर हर्ब्समा जीबीका साझेदार रामबहादुर खनालविरुद्ध पनि मुद्दा दायर भएको छ।
सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ व्यक्ति/संस्थाविरुद्ध मुद्दा दायर भएको छ। आरोपितहरुमाथि १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरिएको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नै उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामा छन्।


