२०८३ कार्तिक १४ गते शुक्रबार

कर्जा पुनर्संरचनामा राष्ट्र बैंकका सर्त : १० प्रतिशत ब्याज असुली, ५ प्रतिशत कर्जा नोक्सानी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ३
nrb

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत कर्जाको पुर्नसंरचना तथा पुर्नतालिकीकरण गर्ने व्यवस्था ल्याएको छ। उक्त व्यवस्था बमोजिम राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन २०७९ लाई संशोधन गर्दै उक्त सुविधा प्राप्त गर्नका लागि कठोर सर्त तेर्स्याएको हो। राष्ट्र बैंकले न्यूनतम १० प्रतिशत कर्जाको ब्याज असुली र ५ प्रतिशत कर्जा नोक्सानी भए मात्र कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने सर्त राखेको छ।

मौद्रिक नीतिको समीक्षामा होटल तथा रेस्टुरेन्ट, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र सबै क्षेत्रमा प्रवाह भएको ५ करोडसम्मको कर्जाको पुर्नतालिकीकरण तथा पुर्नसंचरना गर्ने व्यवस्था गरिएको छ। उक्त नीतिलाई एकीकृत निर्देशनले थप प्रष्ट पार्दै यस्ता क्षेत्रका ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जालाई पुर्नतालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ। उक्त सुविधा आगामी असार मसान्तसम्मका लागि मात्रै दिइने व्यवस्था गरिएको छ।

२०७९ चैत मसान्तसम्म सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण वा पुनसंरचान गर्न सकिने व्यवस्था एकीकृत निर्देशनमा थप गरिएको छ। पुनरसंरचना वा पुनरतालिकीकरण गरिएको कर्जाहरुमा बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशनमा गरिएको छ। यस्तै जुन वर्गमा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएको हो सोही वर्गका आधारमा खराब कर्जा नोक्सानी गर्नुपर्ने सर्त राष्ट्र बैंकले तोकेको छ।

यसैगरी चैत मसान्तसस्म असल वर्गमा वर्गीकरण भएका अल्पकालीन तथा चालु पुँजी प्रकृतिको कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थमा बैंक तथा वित्तीय संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तसम्म कुनै पनि हर्जाना तथा शुल्क नलिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।

मौद्रिक नीतिको समीक्षामा बैंकदर ८.५ प्रतिशतबाट १ प्रतिशत बिन्दुले घटाएर ७.५ प्रतिशत कायम गरिएको थियो। २०७८ भदौ ८ गते भन्दा अगाडि जारी भएका ऋणपत्रलाई कर्जा निक्षेप अनुपातमा गणना गर्दा स्रोत (निक्षेप)को रुपमा गणना गर्न पाउने व्यवस्थासमेत समीक्षाले समेटेको छ।

प्रकाशित: २०८० जेठ ३ गते बुधबार ०५:५१
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना