काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत पुगेका छन्। उनी स्थलमार्ग हुँदै भारत पुगेका हुन्।
भारत गएका महामन्त्री थापा राजधानी नयाँ दिल्ली भने पुगेनन्। उनी लखनउसम्म मात्र पुगेको पारिवारिक स्रोतको भनाइ छ।
पार्टीको काममा भारत पुगेका बेला उताउतै थापा लखनउसम्म पुगेका हुन्। उनको साथमा श्रीमती डा अञ्जना केसी र छोरीद्वय गार्गी र जियाना पनि थिए।
लखनउबाट उनी फेरि बर्दिया नै आउने भएका छन्। बुधबार लखनउ पुगेका थापा शुक्रबार फेरि बर्दिया आइपुग्ने बताइएको छ।
पारिवारिक स्रोतका अनुसार दुवै छोरीको छुट्टी भएकाले थापा छोरी र श्रीमतीसँग बर्दिया हुँदै लखनउ पुगेका हुन्।
अब नेपालगञ्जमा पार्टीको कार्यक्रममा सहभागी भएपछि शनिबार उनी काठमाडौँ फर्कनेछन्।


