महोत्तरी- महोत्तरी सदरमुकाम जलेश्वर-२ स्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन्।
प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानुनी कारबाहीको माग राखेका छन्।
यतिबेला जिल्ला प्रशासन कार्यालयअघि तनावग्रस्त अवस्था रहेको छ। जिल्ला प्रशासन कार्यालयमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।


