काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ मा एक युवाले घरभित्रै छिरेर घरधनीलाई गोली हानेका छन्।
गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरमा छिरेर युवकले गोली हानेका हुन्।
रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठको घर पुगेर गोली प्रहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का साहिर शंकरले श्रेष्ठ र उनकी पत्नीलाई गोली हानेका थिए।
उनीहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
गोली प्रहार गर्ने शंकरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका छन्। शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
व्यक्तिगत रिसइबीका कारण शंकरले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
