काठमाडौँ – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेहरूलाई चितवनको भरतपुर अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीका अनुसार बिग्रिएर सडक छेउमा रोकिराखेको ट्रकलाई आज बिहान करिब साढे ४ बजेतिर बसले ठक्कर दिएको थियो।
दुर्घटनास्थल जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ पर्छ।


