काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा दुई नेताबीच भेटघाट भएको हो।
भेटघाटमा गौतमलाई पार्टी भित्र्याउने दिइने जिम्मेवारीबारे छलफल भएको बुझिएको छ। यसअघि नै नेकपा एसको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरिसकेको छ।
नेकपा एसमा गौतम आए सम्मानित नेता झलनाथ खनालपछिको वरीयता दिन अध्यक्ष नेपाल तयार भइसकेका छन्। तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरूको व्यवस्थापन कसरी भन्ने विषय पेचिलो बनेको छ।
