पोखरा- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको पहिलो दिनको थुनछेक बहस सकिएको छ।
कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिज राईको इजलासमा पहिलो दिनको बहस सकिएको हो।
पहिलो दिन दुई जना वकिलले बहस गरेका थिए। सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरेका थिए।
सुजताको बहस सकिएको र शान्तीदेवीको बयान बाँकी रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथिको मुद्दामा आजै बयान लिने क्रम सकिएर बहस सुरु भएको हो।
