लालबन्दी – सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
छतौनाबाट काठमाडौंआउँदै गरेको बा १ ००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस अनियन्त्रित भई पल्टिएर तुलाधरलाई थिचेको हो।
बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेका थिए।
बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ।
