काठमाडौँ- एमालेले संगठित सदस्यबाट हटाएपछि पूर्वउपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
५१ वर्षपछि एमालेबाट निकाल्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य हात रहेको उनको आरोप छ।
रावलले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्।
उनले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्।
रावल पत्रकार सम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्। त्यसपछि नयाँ दल बनाउने उनको तयारी छ।















