काठमाडौँ- काठमाडौँको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी युवतीको घटनामा संलग्न भएको आशंका गरिएका युवा पनि मृत फेला परेका छन्।
बुधबार होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन्। उनीसँगै ओखलढुंगाका देवबहादुर थापा पनि बसेका थिए।
तर युवती मृत भेटिएपनि युवा भने फरार थिए। तिनै युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्काले जापानी भाषा अध्ययन अध्ययन गर्दै आएकी थिइन्।
उता युवक भने जापानबाट फर्किएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


