२०८३ कार्तिक २६ गते बुधबार

काठमाडौँ महानगरको ‘बावा’ कार्यक्रम प्रभावकारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
baba_pro

काठमाडौँ– ‘सहरी वातावरणको एकीकृत ज्ञानका लागि ‘बालबालिका तथा वातावरण (बावा) कार्यक्रम प्रभावकारी बनेको सरोकारवालाहरूले बताएका छन्। शनिवार काठमाडौँमा आयोजना गरिएको बाबा उपसमूहअन्तर्गतका नगर स्वयमसेवकलाई सम्मान र धन्यवाद ज्ञापन’ कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन्।

महानगरपालिकाले सामुदायिक विद्यालयहरुको स्वच्छताका लागि सरसफाइका कार्यक्रम चलाउन, हरियाली बढाउन तथा कलात्मक र सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि ‘बावा’ कार्यक्रमअन्तर्गत स्वयमसेवक परिचालन गरेको थियो। कार्यक्रममा युएसएआइडी, एफएचआइ ३६०, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, ल्याण्ड आवर फ्युचर, क्लिन अप नेपाल, एन्फो, इनर्जी पोलिसी इन्स्टिच्युट एट द युनिभर्सिटी अफ सिकागो, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, वन टु वाचलगायत संघसंस्थासँग महानगरको सहकार्य छ।

‘स्वस्थ्य जीवनका लागि स्वच्छ वातावरणको अर्थ मैले बाबा कार्यक्रमबाट नै सिक्न पाएकी हुँ,’ कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको व्यवहारिक ज्ञान जीवनभरका लागि काम लाग्ने हुन्छकार्यक्रममा स्वयमसेवकहरुलाई प्रमाण पत्र प्रदान गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘वातावरण र मानव तथा प्राणी जीवनको अदृश्य सम्बन्ध कार्यक्रमले महसुस गराउँछ। यो सहअस्तित्व र सहभाव स्वीकार गर्ने आचरणको विकास गर्ने थलो पनि हो।’

कार्यक्रमले वातावरणीय आचरणको महत्वमा कुरा गर्दै सबै जीवनको अस्तित्व बचाउन, सबै सरोकारवाला सहभागी हुन सक्ने, समावेशी कार्यक्रमका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइन्।

‘महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई हरित विद्यालयका रुपमा विकास गरिरहेको छ,’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘इको क्लव, हरियाली प्रवर्धन, फोहर व्यवस्थापन, पानीको व्यवस्थापन र स्वच्छता, उर्जामैत्री विद्यालय, सिकाइ केन्द्रका रुपमा विकास कार्यक्रमका पक्षहरु हुन्। यी कार्यक्रम कार्यान्वयनमा स्वयमसेवकहरुको महत्वपूर्ण भूमिका रह्यो।’

महानगर सुन्दर विद्यालयका फोकल पर्सन शिक्षा अधिकृत लक्ष्मी पौडेलले स्वचालित कार्यक्रमबाट दिगो र प्रभावकारी नतिजाका प्राप्त गर्ने गरी विभागले काम गरिरहेको बताए।

कार्यक्रममा युएसएआइडी, स्वच्छ हावा परियोजनाका चिफ अफ पार्टी भुषण तुलाधरले इको सिस्टममा काठमाडौँ महानगरपालिकासँग काम गर्दा बहुपक्षीय सम्बन्ध जान्न पाइएको बताए।

कार्यक्रममा बाँसबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणी पाठक तिमिल्सिनाले, विद्यालयमा स्वयमसेवकको व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

विद्यालयमा काम गरेका स्वयमसेवकहरुमध्ये १५ जना विद्यार्थीहरुले आफू रहँदा देखेको परिवर्तनका बारेमा भिडियो सामग्री पठाएका थिए। ती उत्कृष्ट भिडियोमध्ये ममता खत्री, अमिता महर्जन र सुमन श्रेष्ठको भिडियोलाई विशेष प्रोत्साहन प्रदान गरिएको थियो ।

स्वयमसेवकलाई विद्यालय पढाउनु अघि उहाँहरुले पूरा गर्नुपर्ने दायित्वका विषयमा तालिम प्रदान गरिएको थियो। ‘वाबा’ विद्यालय र वातावरणसँग केन्द्रीत कार्यक्रम हो। कार्यक्रमबाट स्वयमसेवकहरु आफैँलाई पनि जिम्मेवारी जान्न पाउने, नेतृत्व विकास र समूहगत कार्यको विकासमा आफू उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गराउन सक्ने क्षमता विकास गराइएको थियो।

२४ हप्ताका लागि योजना गरिएको कार्यक्रममा खटिएका स्वयमसेवकले हप्तामा २ दिन समय दिएर फोकल पर्सनसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरेका थिए। यी दुई दिनमध्ये विहीबारका दिन शुक्रबार गरिने कार्यक्रम तर्जुमा गर्ने गरिएको थियो। शुक्रबार विहीबार तर्जुमा गरिएको कार्यक्रम कार्यान्वयन गर्ने गरिएको थियो।

प्रकाशित: २०८१ पुस २१ गते आईतबार १२:२३
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना