काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुने भएको छ।
काठमाडौँमा जारी बैठकको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुने नेता हितबहादुर तामाङले जानकारी दिए।
बैठक बिहान ११ बजे शुरु हुनेछ। पहिलो दिनको बैठकको शुुरुमा ७ भूगोल ३ गैरभूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए। त्यसपछि अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्टको प्रतिवेदन पेश गरेका थिए।
माओवादी केन्द्रको बैठक २४ गते बुधबार सक्ने जनाएको छ।


