काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन्।
भूकम्पपछि सामाजिक सञ्जालमा उनले लेखेका छन् -हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला।’
आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको थियो। पूर्वी नेपालका धेरैजसो भागमा भूकम्पको धक्का अन्यत्रभन्दा बढी महसुस गरिएको छ।


